Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“अझै पाएन मन्त्रिपरिषद् विस्तारले पूर्णता”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा सहभागी दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले,राप्रपा लगायतका दलहरु मिलेर बनेको गठबन्धन राष्ट्रपति निर्वाचनताका भत्किएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारबाट बाहिरिएको थियो । जसका कारण १६ वटा मन्त्रालय खाली रहेका थिए । ती मन्त्रालयहरु नेकपा एमाले,राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएका थिए ।

झण्डै एक महिनाभन्दा बढी समयदेखि ती मन्त्रालय खाली रहेका थिए । नेकपा एमाले,राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि नेकपा माओवादीका ४ जना र जनमत पार्टीका एकजना मन्त्री मात्रै सरकारमा रहेका थिए । अहिले नेपाली कांग्रेस सहितको निर्वाचन अघिको ( गत मंसिर ४) पुरानो गठबन्धन ब्यूतिएको छ । नेपाली कांग्रेस सहितलाई सत्तामा सहभागी गराएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । ११ जनालाई थपेर मन्त्रिपरिषद विस्तार भएको हो ।

पार्टी उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा गएको छ । खड्कासँगै नेपाली कांग्रेसबाट डा. प्रकाशशरण महत,सीता गुरुङ र रमेश रिजाल मन्त्री बनेका छन् । खड्का उपप्रधानमन्त्री सहित रक्षा मन्त्री बन्नु भएको छ । त्यसैगरी महत अर्थमन्त्री, गुरुङ सहरी विकासमन्त्री र रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट एकजना मन्त्री थपिएका छन् । यस अघि प्रधानमन्त्री दाहाल बाहेक ४ जना मन्त्री रहेका थिए । नेकपा माओवादीबाट शक्ति बस्नेत थपिएका हुन् । उहाँले उर्जा मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । यसैगरी नेकपा माओवादीका तर्फबाट यस अघि नै सरकारमा रहेका नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्नन भएको छ । श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । रेखा शर्माले सम्हाल्दै आएको संचार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किराँतीले सम्हाल्दै आएको पर्यटन मन्त्रालय र अमनलाल मोदीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी भने यथावत नै राखिएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बनेका छन् । भुसालले कृषि तथा पशुपंक्षी र ज्वालाले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

गठबन्धनमा रहेको अर्काेदल जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राई मन्त्री बन्नु भएको छ । जसपाको भागमा २ वटा मन्त्रालय परे पनि उसले अर्काे मन्त्री चयन गर्न सकेन । राईले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेछ । यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा) बाट शरतसिंह भण्डारी मन्त्री बन्नुभएको छ । भण्डारीले श्रम मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

उता नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले भूमि व्यवस्था तथा सहकारी र नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री बन्ने सौभाग्य पाउनु भएको छ ।

मन्त्रालयको भागवण्डा नमिले पछि जनमत पार्टीबाट खानेपानी मन्त्री बन्नु भएका अब्दुल खानले राजीनामा दिनु भएको छ । जनमतले उद्योग मन्त्रालयको दाबी गर्दै आएको थियो । यस अघि पनि सोही मन्त्रालयको दाबी गरेकोमा उसले खानेपानी मन्त्रालयमै चित्त बुझाएको थियो । दाहालले तीन महिनामा सातौं पटक मन्त्रिपरिषद विस्तार गर्नु भएको हो । तर यो पटक विस्तार हुँदा पनि दलहरुबीच भागवण्डामा असन्तुष्टि हुँदा मन्त्रिपरिषदले पूर्णता भने पाउन सकेन ।

संविधान अनुसार मन्त्रिपरिषद बढीमा २५ सदस्यीय हुनु पर्ने छ । शुक्रबारको मन्त्रिपरिषद् विस्तारले मन्त्रिपरिषद १७ सदस्यीय पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४