काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकाहरुले राष्ट्रपति रामचन्द्र पाैडेलबाट शपथ ग्रहण गरेका हुन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरु नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री डा. प्रकाशशरण महत अर्थ मन्त्री रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङ शहरी विकासमन्त्री बनेकी छन् ।
नेकपा माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बनेका छन् । यसअघि ११ पुषमा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए ।
नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास मन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।
त्यस्तै,जनता समाजबादी पार्टी जसपाबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।




