काठमाडौँ । नेपाली कांग्रेस पार्टी परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सदस्यता लिएका छन् ।
पार्टी परित्याग गरेको घोषणा गरेसँगै बिहीबार दिउँसो नै रास्वपा सभापति रवि लामिछानेसँग अर्थविद् डा. स्वर्णिम वाग्लेले छलफल गरेका थिए । छलफलपछि अनलाइन आवेदन दिएर उनले १ हजार लेबी बुझाएर रास्वपाको सदस्यता लिएको रास्वपाका सांसद मनिष झाले बताएका छन् ।
अर्थविद् डा. स्वर्णिम वाग्लेले तनहुँ १ बाट उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेसमा देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानमा परेको भन्दै उनले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा बिहीबार दिउँसो मात्रै गरेका हुन् ।
