Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु”साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार तयारी “


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १५ २०७९
  • 3.1K
    SHARES

काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो । मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ-आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि कुनै सहमति हुन सकेको थिएन । दलहरूले आकर्षक मन्त्रालयमा आ–आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’नाम दिइएको मस्यौदाबारे आजको बैठकमा छलफल हुनेछ ।

अध्ययनका लागि वितरण गरिएको परिमार्जित मस्यौदाबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । उनकाअनुसार साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने तयारी छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

कुन दलको कति मन्त्रालयमा दाबी ?

मंगलबार साँझ बसेको बैठकमा गठबन्धन दलहरूले पार्टीका तर्फबाट मन्त्रालय सङ्ख्या दाबी गरेका छन् । बैठकमा गठबन्धनको प्रमुख दल कांग्रेसले नौ मन्त्रालयमा दाबी गरेको छ । जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले तीन/तीन मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालय दाबी गरेका छन् । प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । सत्तारुढ गठबन्धनमा रहेका पार्टीहरूका प्रतिनिधिसभामा कांग्रेसका ८८, माओवादी केन्द्रका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसद छन् ।

प्रधानमन्त्रीले सबै राजनीतिक दलका मन्त्रालयमा दाबी र न्यूनतम साझा कार्यक्रममा धारणा बुझेर आज सत्तारुढ गठबन्धनको बैठक बोलाउने गरी मंगलबारको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४