Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना विरुद्धको अभियानमा सहारा साकोसको ५० लाख सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २२ २०७६
  • 2.6K
    SHARES

बागलुङ । नेपालका सहकारीहरु मध्ये सबै भन्दा बढी शेयर सदस्य भएको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना विरुद्धको अभियानमा ५० लाख सहयोगको घोषणा गरेको छ ।
१ लाख ४७ हजार जना शेयर सदस्य रहेको संस्थाले २५ औं स्थापना दिवसको अवसर पारेर शुक्रवारे राहत प्याकेज घोषणा गरेको हो ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, जिल्ला बिपद् ब्यवस्थापन समन्वय समितिहरु सँगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाईनमा बसेका तथा बिपन्न परिवारहरुको लागि खाद्यान्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि पि.पि.ई सहयोग समेतको लागि सहारा कर्मचारी मानवीय सहायता कोष सहित ५० लाखको राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो ।
कोरोना संक्रमणका कारण मुलुकमा विद्यमान कठिन परिस्थितिमा सहकारी संस्थाले पनि आफ्ना शेयर सदस्यहरु, कर्मचारीहरु र समुदायको हितको लागि सहयोग गर्नु पर्ने दायित्व सम्झेर राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव गिरीले बताउनुभयो ।
सस्थाले घोषणा गरेको राहत प्याकेज अन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचारकोषमा ५ लाख, प्रदेश नं. १ सरकारसंगको सहकार्यमा आइसोलेसन अस्पतालमा खाद्यान्न ४ लाख, झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा क्वारेन्टाइनमा बसेकाहरुका लागि खाद्यान्नका लागि ११ लाख गर्ने संस्थाले जनाएको छ ।
यस्तै स्वास्थ्यकर्मी र प्रहरीलाई ४ लाख रुपैयाको पिपिई, भुटानी शरणार्थी शिविरका १ हजार परिवारलाई ६ लाखको खाद्यान्न र विपन्न परिवारका लागि खाद्यान्न तथा विपद कोषमा २० लाख रुपैया प्रदान गरिने कार्यकारी प्रमुख गिरीले जानकारी दिनुभयो ।
संस्थाका अति बिपन्न तथा लघुबित्त सदस्यहरुलाई लकडाउनको अवस्थामा खर खाँचो टार्न ५ हजार रुपैयासम्म बिना ब्याजको सापटी रकम उपलब्ध गराउनका लागि संस्थाले ५ करोडको ब्यवस्था गरेको छ । ऋणि सदस्यहरुले चैत्र मसान्त भित्र बुझाउनु पर्ने किस्ता तथा ब्याज २०७७ बैशाख भित्र बुझाउन तथा हर्जना छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथर गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थामा १ लाख ४७ हजार जना शेयर सदस्य रहेका छन् । विगत २५ वर्षदेखि सदस्य र समुदायको हितमा काम गर्दै आएको सहारा नेपाल साकोसले १ अर्ब ३५ करोड शेयर रकम, ७ अर्ब वचत, ७ अर्ब ५० करोड ऋण लगानी सहित १० अर्बको कुल कारोबार गर्न सफल भएको छ । ६ जिल्लाका ६५ स्थानमा सेवा केन्द्र मार्फत संस्थाले ५ सय जनालाई रोजगारी प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४