Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थगगित भएका क्याम्पसमा चैत १२ भित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ६ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव स्थगगित भएका क्याम्पसहरुमा पनि यही चैत १२ गते अघि नै निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ ।

त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बास्कोटाले विज्ञप्ति जारी गर्दै चुनाव रोकिएका क्याम्पसमा पनि तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन र १२ गतेभित्र सम्पन्न गर्न भन्नुभएको हो ।

चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्यस अघि नै चुनाव सम्पन्न गर्न सरोकारवालाहरुलाई निर्देशन दिइएको छ । १५ वर्षपछि आइतबार त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्ने तय भएकोमा केही क्याम्पसहरुमा विवादका कारण चुनाव स्थगित भएको छ ।

उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स, पाटन संयुक्त, नेपाल कर्मश र विश्वभाषा क्याम्पसमा निर्वाचन अवरुद्ध छ भने पोखराको पृथ्वीनारायण, पश्चिमाञ्चल इन्जिनियरिङ, पोखरा वन विज्ञान र पोखरा नर्सिङ क्याम्पसमा पनि चुनाव हुन सकेको छैन ।

यस्तै, वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा पनि निर्वाचन रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४