Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्या भण्डारीले निजी बनाइन् राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएकी छन् ।

हालका राष्ट्रपति रामचन्द्र पौडेलले भने व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आएका छन् ।

भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ । ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ ।

राष्ट्रपति पौडेलको सचिवालय स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको छैन ।’

राष्ट्रपतिमा रामचन्द्र पौडेल २५ गते निर्वाचित भएका थिए । २९ फागुनमा उनले शपथग्रहण गरेका थिए । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन् ।

२५ हजार फलोअर्स भएको ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् ।

राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना भएको छ । डा. रामेश कोइरालाले विद्या भण्डारीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आदरणीय पूर्वराष्ट्रपति जी, म नेपालको राष्ट्रपतिको अफिसियल अकाउन्टभन्दा ६ गुणा धेर फलोअर भएको यो मेरो अकाउन्ट यहाँलाई दान दिन चाहन्छु । एउटै सर्त चैँ तपाईँले पेवा बनाएको अकाउन्ट राष्ट्रपतिलाई हस्तान्तरण गर्नु रहेको छ । मञ्जुर भए डिएम वा फोन गर्नु होला ।’

यसअघि पूर्व सभामुख ओनसरी घर्तीले सभामुखको औपचारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि आलोचना भएको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले भने आफ्नो ट्वीटर ह्याण्डल संशोधन गरेका छन् । यसअघि कांग्रेस नेता हुँदासम्म एनसी पौडेल नेपाल ट्वीटर ह्याण्डल रहेकोमा राष्ट्रपति निर्वाचित भएपछि त्यसलाई संशोधन गरी आरसी पौडेल नेपाल लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४