Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिलिकन भ्याली बैंकका निक्षेपकर्ताको सम्पत्तिको सुरक्षा गर्ने अमेरिकी सरकारको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २९ २०७९
  • 2K
    SHARES

एजेन्सी । अमेरिकी सरकारले धरासायी बनेको सिलिकन भ्याली बैंकमा रहेको सम्पूर्ण निक्षेपकर्ताको सम्पत्तिको सुरक्षा गर्ने घोषणा गरेको छ ।

सिलिकन भ्याली बैंक एकाएक धरासायी भएपछि उत्पन्न त्रासले वित्तीय संकट निम्त्याउने खतरा बढेपछि संघीय सरकारले नै बैंकमा रहेको सबै निक्षेपको सुरक्षा गर्ने घोषणा गरेको हो । अर्थ मन्त्रालय, केन्द्रीय बैंक फेडरल रिजर्भ र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले संयुक्त रुपमा उक्त बैंकका सबै ग्राहक र निक्षेपकर्ताहरुको सम्पत्तिकाे सुरक्षा गर्ने बताएका हुन् ।

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,-‘हामी अमेरिकी बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास कायम राख्दै अमेरिकी अर्थतन्त्र जोगाउन प्रतिवद्ध छौं ।’ यस्तो प्रतिवद्धताले अमेरिकी बैंकिङ प्रणाली निर्वाध चल्ने र आममानिसमा बढेको त्रास समेत हट्ने विश्वास पनि सरकारले गरेकाे छ । तर नियामक निकायहरुले संकटमा परेको सिलिकन भ्याली बैंकको ऋणमोचन गरी उद्धार गर्ने बारेमा केही बताएका छैनन् ।

अमेरिकी अर्थमन्त्री जनेट येलनले सन् २००८ को जस्तो ऋणमोचन नहुने प्रष्ट पार्दै आफूहरुको चासो निक्षेपकर्ताको सम्पत्ति सुरक्षामा रहेको बताउनुभएको छ । उता, राष्ट्रपति जो बाइडेनले बैंकलाई त्यो अवस्थामा पुर्याउनेहरुलाई जवाफदेही बनाउन आफू प्रतिवद्ध रहेको भन्दै ठूला बैंकहरुको निगरानी बढाउने बताउनुभएको छ ।

राष्ट्रपति बाइडेनले त्यस विषयमा साेमबार थप घोषणा गर्ने तयारी गर्नुभएको जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४