Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २७ २०७९
  • 2K
    SHARES

एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको छ ।

पूर्वप्रधानमन्त्री मुहिद्दीनलाई शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको हो ।

विभिन्न चार अलग–अलग संस्थाबाट २३२.५ मिलियन रिङ्गिट (५१.४४ मिलियन अमेरिकी डलर) घुस मागेको आरोप मुहिद्दीनमाथि लागेको छ । त्यसैगरी, सम्पत्ति शुद्धीकरण मुद्दामा मुहिद्दीनलाई कुल १९५ मिलियन रिङ्गिट घुस लिएको आरोप छ ।

मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार मुहिद्दिनले शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी पाइएमा २० वर्षसम्मको जेल सजाय र सोही अनुसारको जरिवाना हुनसक्छ ।

त्यसैगरी मनी लान्ड्रिङको आरोपमा दोषी ठहरिए १५ वर्षसम्म कैद र ठूलै जरिवाना हुनसक्छ ।

सन् २०२० मार्च र अगस्ट २०२१ का बीच १७ महिना मलेसियाको प्रधानमन्त्री बन्नुभएका मुहिद्दीन पेरिकटन नेसनल पार्टीका अध्यक्ष हुनुहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४