Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेलाई गगनकुमार थापाको जवाफ-अहिले होइन, २०८४ मा सहकार्य हुनसक्छ !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २५ २०७९
  • 4.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको तत्काल सम्भवना नरहेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा नेपाली कांग्रेस–नेकपा एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा नेपाली कांग्रेसका  महामन्त्री थापाले २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका हुन् ।

राष्ट्रपति निर्वाचनमा भोट हाल्न आएका ओलीले पत्रकारहरुले नेपाली कांग्रेस नेकपा एमाले मिलेर सरकार बनाउने सम्भावनाबारे जिज्ञासा राखेका थिए । सो क्रममा ओलीले नेपाली कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम नखाएको बताएका थिए । उनले भनेका थिए, ‘राजनीतिमा केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।

संसद भवन परिसरमै पत्रकारहरुले महामन्त्री थापालाई पनि ओलीको अभिव्यक्ति अनुसार नेपाली कांग्रेस नेकपा एमाले मिल्नसक्ने सम्भावनाबारे जिज्ञासा राखे । जवाफमा थापाले भने, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।

यसपटक भने त्यो सम्भावना नभएको थापाले बताएका छन् । नेकपा एमालेले धेरैपटक धेरैलाई झुक्याएको भन्दै थापाले भने, ‘सबैलाई एकपटक झुक्याउन सकिन्छ तर सबैलाई पटक–पटक झुक्याउन सकिंदैन ।

नेकपा एमालेबाट झुक्याइएकाहरुको अनुभव साटासाट गरेर नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगायत दलले सरकारमा साझेदारी गरेको थापाको भनाइ छ । ‘फेरि झुक्याउन सक्छु भनेर हामीलाई यति धेरै अवमूल्यन नगरिदिन हार्दिक आग्रह छ, थापाले भनेका छन्  ।

उनले अबको राष्ट्रपति जतिसक्यो धेरै नागरिकतिर फर्किनुपर्नेमा जोडसमेत दिएका छन् । ‘राजसंस्थाको जुन परम्परा अभ्यास हो, त्यसबाट यसलाई अलग्ग गर्न सक्नुपर्ने रहेछ,’ थापाले भने, ‘हामीले कताकता राजसंस्थाको निरन्तरता छ है भनेजस्तो आभाष दिन खोज्यौं, भद्दा नक्कल गर्न खोज्यौं । यो क्रमलाई यसपटक हामीले भंग गर्नुपर्छ ।

द्वन्द्वकालीन मुद्दा कुनै एक दलको मात्र जिम्मेवारी नभई शान्ति प्रक्रियामा संलग्न सबै दलहरुको सामूहिक जिम्मेवारी भएको भन्दै थापाले त्यसलाई प्राथमिकताका साथ टुंगोमा पुर्याउनुपर्ने बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४