Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर, पीएनजीलाई दियो २९८ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २५ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । आसिफ शेखले एक दिवसीय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजी लाई २९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो । नेपालले ओडीआई क्रिकेटमा बनाएको यो अहिलेसम्मको ठूलो स्कोर हो ।

यसअघि कीर्तिपुरमै लिग टू मा नामिबिया विरुद्ध नेपालले ठूलो लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो ।

नेपालका लागि आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।

दुबई टुरमा चोटका कारण यूएई विरुद्ध अन्तिम खेल गुमाएका कुशल भुर्तेलसँग ओपनिङ गरेका आसिफले पहिलो विकेटका लागि ११० रनकै साझेदारी गरेका थिए ।

उत्कृष्ट सुरुवात दिलाएपछि कुशल ४५ रन बनाएर आउट भए । उनले ५६ बल खेल्दै ६ चौका प्रहार गरे ।

ओडीआईमा नेपालको पहिलो विकेटका लागि यो दोस्रो शतकीय साझेदारी हो । यसअघि लिग टू अन्तर्गत गत वर्ष अमेरिकामा यो जोडीले ओमान विरुद्ध पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए ।

आसिफले यसै खेलबाट ओडीआईमा एक हजार रन पनि पूरा गरेका छन् । उनी कप्तान रोहित पौडेलपछि एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने ।

७ सेप्टेम्बर २०२१ मा ओमानमा भएको ओडीआई शृखंलामा पीएनजी विरुद्ध नै डेब्यु गरेका आसिफले ३२ खेल खेल्दै १ शतक र ७ अर्धशतक मद्दतमा एक हजार २० रन बनाएका छन् ।

उनी नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउनेमा पनि दोस्रो स्थानमा छन् । कप्तान रोहितले ४१ खेल खेल्दै नेपालका लागि सर्वाधिक १ हजार २०९ रन बनाएका छन् । उनले पनि १ शतक र ७ अर्धशतक नै प्रहार गरेका छन् ।

कुशल मल्ल २ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएपछि पीएनजी विरुद्ध आसिफ र रोहितले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । रोहितले ३९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३० रन जोडे ।

आसिफ र रोहित एकै ओभरमा आउट हुँदा नेपालको रन गति रोकिएको थियो । ३८ औं ओभरमा पीएनजीका सेमो कमेओले आसिफलाई राइले हेकुरे र रोहितलाई टोनी उराबाट क्याचआउट गराए । दुई खेलाडी आउट हुँदा नेपालले ३८ ओभरमा २०८-५ थियो । त्यसपछि लगत्तै आएका दीपेन्द्र ७ रनमा रनआउट हुँदा नेपालले २२२ रनमा छैटौं विकेट गुमाएको थियो ।

दीपेन्द्र सिंह ऐरी ७ रनमा रनआउट भए । आरिफ शेख १५, करण केसी ८ र सन्दीप लामिछाने ७ रन बनाएर आउट भए । करण र सन्दीपले समान एक छक्का प्रहार गरे ।

डेथ ओभरमा लगातार विकेट गुमाएपछि नेपाल ५ बल अगावै अलआउट भयो । भीम सार्की अन्तिम ओभरमा आउट भए । उनले ३८ बल खेल्दै ४ चौका मद्दतमा ४४ रन बनाए ।

नेपालले अन्तिम १३ ओभरमा ७ विकेट गुमाएको थियो । एक समयमा ३०० रन पूरा गर्ने अवस्थामा रहेको नेपाल ५ बल अगावै रनआउट भयो । अहिलेसम्मकै ठूलो स्कोर बनाए पनि ब्याटरमा धैर्य नहुँदा र केही खराब सट खेल्दा अलआउट भयो ।

पीएनजीले फिल्डिङमा ८ क्याच ड्रप गर्दा नेपालका आसिफ शेख, कुशल भुर्तेल र रोहितकुमार पौडेलले जीवनदान पाएका थिए ।

कमेअको ५ र हेकुरेको ३ विकेट

गत वर्ष नेपालमै आएर ओडीआईमा डेब्यु गरेका पीएनजीका सेमो कमेअले ५ विकेट लिए । उनले ९.१ ओभमा ३८ रन खर्चेका थिए । यस्तै राइले हेकुरेको १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।

नेपालले उत्कृष्ट सुरुवात गरिरहेको बेला पीएनजीका लागि राइले हेकुरेल नै साझेदारी तोड्दै सफलता दिलाएका थिए ।

१९औं ओभरमा कुशल भुर्तेललाई टोनी उराबाट क्याचआउट गराएका थिए । त्यसपछि उनले कुशल मल्ल र ज्ञानेन्द्र मल्ललाई लगातार आउट गर्दै सुरुवाती ३ विकेट लिए ।

३ विकेट गुमाएपछि आसिफ र कप्तान रोहितले नेपालको इनिङ्स अघि बढाइरहेका बेला अमेअले ३८औं ओभरमा दुवैलाई आउट गरे । अलेइ नाओले १ विकेट लिए ।

नेपालले पीएनजीसँग कीर्तिपुरमा पछिल्लो पटक गत वर्ष मार्चमा दुई खेल खेल्दा दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा पीएनजीले २९३ रनको लक्ष्य दिँदा नेपालले २८६ रन बनाएको थियो । दोस्रो खेलमा नेपालले २७८ रनको दिँदा नेपाल ३ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४