Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ म देखाउनेछु : पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २५ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई नेकपा एमालेका सांसदहरुले पनि मत दिने विश्वास व्यक्त गरेका छन् ।

संसद भवन नयाँबानेश्वरस्थित निर्वाचनस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरेका हुन्  ।

राष्ट्रपति निर्वाचनमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

पौडेलले आफू राष्ट्रपति निर्वाचित भए उदाहरणीय बन्नेसमेत बताएका छन्  । ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, त्यो तपाईंहरुले देख्न पाउनुहुन्छ,’ उनले भनेका छन् ।

बिगतका राष्ट्रपतिबाट भएका गल्ती नगर्ने र संविधानको संरक्षक भएर काम गर्ने उनले बताएका छन्  ।

राष्ट्रपति पदको निर्वाचन आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ । पौडेल भने निर्धारित समयभन्दा अगाडि नै निर्वाचनस्थलमा पुगिसकेका छन् । उनीसँग विभिन्न सांसदहरुले फोटो खिचाइरहेका छन् । कतिपयले फूल दिएर अग्रिम बधाई दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४