Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तर्घातीलाई किन कारबाही गरेन माओवादीले ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २२ २०७९
  • 4.4K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रको गत असार १३ गते बसेको स्थायी समिति बैठकले स्थानीय तहमा अन्तर्घात छानबिनका विषयमा टङ्क राईको नेतृत्वमा तीन सदस्यीय कमिटी बनायो । राईको नेतृत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहने गरी तीन सदस्यीय समितिले बन्यो । राई नेतृत्वको तीन सदस्यीय अन्तर्घात समितिले झन्डै २ महिना लगाएर स्थलगत रूपमा अध्ययन गरेर प्रतिवेदन तयार गर्‍यो ।

गत भदौ ६ गते अन्तर्घात प्रतिवेदन नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाए पनि अहिलेसम्म सार्वजनिक भएको छैन । स्थानीय तह चुनावमा अन्तर्घात गर्ने र बागी उम्मेदवारी दिने कसैलाई कारबाही भएको छैन । अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक नगरेर नेकपा माओवादी केन्द्रले लुकाएर राखेको छ । चुनावमा अन्तर्घात गर्नेलाई कारबाही नगरिएकाले पार्टीमा अराजकता मच्चिएको नेताहरूले गुनासो गरेका छन् ।

यस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा अन्तर्घात गर्नेलाई छानबिन समिति बनाएर कारबाही गर्ने अध्यक्ष प्रचण्डले उद्घोष गरेका थिए । तर, अहिलेसम्म अन्तर्घात छानबिन गर्न समिति बाएको छैन । उता चुनावमा बागी उम्मेदवारी दिएर कारबाहीमा परेका र अन्तर्घात गरेको भन्दै कारबाहीमा परेका नेताको कारबाही समेत फिर्ता भएको छैन । पार्टीमा एकपछि अर्को गर्दै अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही नभएको भन्दै नेताहरूले आपत्ति जनाउने गरेका छन् । तर, पार्टी अनुशासन आयोगका अध्यक्ष टङ्क राईले स्थानीय तहसँगै प्रदेश र प्रतिनिधि सभामा अन्तर्घात गरेका नेताका विषयमा आगामी केन्द्रीय समितिमा छलफल हुने बताएका छन्  ।

‘अहिले पार्टीको २ महिने अभियान जारी छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको वडा तहदेखि समीक्षा गरेर कसको भूमिका कस्तो रहयो सबै जम्मा गरिने छ । कसले पार्टीलाई सहयोग गर्‍यो कसले असहयोग गर्‍यो निर्णयको कसले अवज्ञा गर्‍यो कसले गरेन भन्ने विषयमा छानबिन हुनेछ’ राईले भने, ‘वडा तहदेखि तयार परेको प्रतिवेदन पालिकामा पठाइने छ । पालिकाबाट जिल्लामा हुँदै प्रदेशबाट केन्द्रमा पठाइने छ ।

पार्टीको केन्द्रीय समितिमा अन्तर्घातका विषयमा गम्भीर छलफल गरेर निर्णयमा पुगिने राईले बताएका छन् । यस्तै सोही केन्द्रीय समितिमा स्थानीय तह चुनावमा अन्तर्घात गरेका विषयमा समेत छलफल हुने बताए । ‘हामीले स्थानीय निर्वाचनको अन्तर्घातको विषयमा छानबिन गरेर प्रतिवेदन बुझायौँ । लगत्तै प्रदेश र सङ्घको निर्वाचन आइहालेको हुनाले कार्यान्वयनमा लग्न सकेनौँ’ राईले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै निर्वाचनको अन्तर्घातका विषयमा छानबिन गरेर कारबाही गर्ने छौँ । प्रवृत्तिगत गल्ती र कमजोरी सच्याउने गरी निर्णय लिने छौँ ।’ अन्तर्घातको प्रकृति हरेर नेताहरूलाई कारबाही गरिने राईले बताए । यदि गल्ती सच्याएर सच्चिने अवस्था भएमा कारबाही नगरिने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४