Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डको निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नेकपा माओवादी तयार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २१ २०७९
  • 1.4K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेर जान निर्देशन दिएपछि मत दिने भएको हो ।

प्रचण्डले सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टलाई टेलिफोनमार्फत मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९,नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र १ जना स्वतन्त्र सांसद छन् ।

नेकपा माओवादी केन्द्रले भने औपचारिक निर्णय गरिसकेको छैन । पार्टीको केन्द्रीय तहबाट ‘मिलेर जानू’ भन्ने सर्कुलर आएपछि संसदीय दलको बैठक बस्ने तयारी भएको नेकपा माओवादी केन्द्रका नेताहरूले जानकारी दिएका छन् । विश्वासको मतका सन्दर्भमा संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४