Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायती प्रधानमन्त्रीलाई कोरोना भाइरस संक्रमणको पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १४ २०७६
  • 3.6K
    SHARES

बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यमले उनलाई कोरोना भाइरस संक्रमण भएको जनाएका हुन् ।
बोरिस जोनसनले ट्वीटमार्फत् भिडियो सनदेश जारी गर्दै आफूलाई कोरोना भाइरस लागेको जानकारी दिएका हुन् ।
उनले ट्वीटरमा आफूलाई कोरोना भाइरसको सामान्य लक्षण देखा परेको र स्वास्थय सल्लाहकारको सल्लाहअनुसार परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
उनले अहिले आफू आइसोलेसनमा बसिरहेको समेत जनाएका छन् । उनले बेलायतमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि लागिपरेका चिकित्सक, सुरक्षाकर्मी तथा सबै बेलायतीहरुलाई धन्यवाद समेत दिएका छन् ।
आफूमा कोरोना भाइरस पोजेटिभ देखिए पनि यसविरुद्ध जारी अभियानको नेतृत्व गर्न आफू दृढ रहेको उनले बताएका छन् ।
केही दिन अघिमात्रै बेलायती युवराज चाल्र्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ५७८ जनाको मृत्यु भइसकेको छ भने अरु ११ हजार ८ सय १६ जना यसबाट संक्रमित छन् ।
बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या उकालो लाग्दै गएको छ । बिहीबारमात्र कोरोना भाइरसका कारण बेलायतमा एकै दिन ११३ जनाको मृत्यु भएको थियो । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४