Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्याङजाको कोल्मामा तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २० २०७९
  • 3.2K
    SHARES

पोखरा । स्याङजाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएको छ । स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका साथ कोल्मा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर जीत बहादुर गुरुङले जानकारी दिनुभयो ।

स्याङजाको पुतलिबजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोट सहित, तनहुको शुक्लागण्डकी र बिरुवा गाँउपालिकालाई समेटेर उक्त क्षेत्रमा रहेको सांस्कृतिक तथा ऐतिहांसिक पक्षहरुलाई उजागर गर्ने उद्देश्यले क्रस कन्ट्री दौडको आयोजना गरिएको बताउदै अध्यक्ष गुरुङले ग्रामीण भेगमा आर्थिक बिकास गर्न सकेको खण्डमा गाँउ बस्ती रित्तिनबाट जोगिन सक्ने बताउनुभयो । दौड संगै स्थानीय कला संस्कृतीको प्रदर्शन र होमस्टे सांझ समेत उक्त कार्यक्रममा समेटिने छ ।

२० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखी, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्ला गण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ ।

प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रमथ हुनेले नगद ३५ हजार, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद २५ हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ बर्ष मुनिका पुरुष १० किलोमिटर दौडतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ७ हजार, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने मञ्चका महासचिव मन बहादुर थापा मगरले जानकारी दिनुभयो ।

अघिल्लो संस्करणको ३१ किलोमिटर खुल्ला पुरुषतर्फ नेपाली सेनाका हवलदार राजन खत्रीले उपाधी चुमेका थिएभने १४ किलोमिटर दौडमा कलम प्रसाद श्रेष्ठले उपाधी चुमेका थिए । कार्यक्रममा एनआरएन युके र विदेशमा रहेका कोल्मा बहाकोट चारथुम बासी, स्थानिय संघ सस्था, युवा क्लव, आमा समुह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहने समेत थापा मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४