काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको छ । आज विभिन्न बिषयमा छलफल हुने बुझिएको छ ।
आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले बसिरहेको हो । बैठकमा विभिन्न मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।