Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टर्कीमा फेरि लगातार दुई भूकम्प


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 3.3K
    SHARES

काठमाडौँ । टर्की-सिरियामा फेरि भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ र ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

बीबीसीकाअनुसार ६.४ म्याग्निच्युडको भूकम्पले धेरै भवनमा क्षति पु-याएको र तीन जनाको मृत्यु भएको छ । ६.४ म्याग्निच्युडको भूकम्पले टर्की र सिरियाको सीमावर्ती क्षेत्रमा क्षति पुर्याएको छ भने गत फेब्रुअरी ६ मा गएको भूकम्पले पनि ठूलो क्षति पु-याएको थियो । भूकम्पपछि हालसम्म ३२ वटा पराकम्पन गएको छ ।

टर्कीको प्रकोप एजेन्सीका अनुसार दक्षिणी हाते प्रान्तको समन्दगमा ५.८ म्याग्निच्युडको र अन्टाक्यामा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । विगतमा गएको शक्तिशाली भूकम्पका कारण अहिले पनि मानिसहरु त्रासमा छन् । आज ६ दशमलव ४ रेक्टरको भूकम्प गएलगत्तै मानिसहरु घरबाहिर निस्किए र चारैतिर अस्तव्यस्त भएको थियो । यसको केन्द्र टर्कीको अन्टाक्या सहरमा थियो र यसले धेरै भवनमा क्षति पुर्याएको छ । भूकम्पको धक्का इजिप्ट र लेबनानमा पनि महसुस गरिएको थियो ।

फेब्रुअरी ६ मा टर्की–सिरियामा पनि भूकम्प गएको थियो, यो भूकम्पले दुवै देशमा ठूलो क्षति पु¥याएको थियो । भूकम्पका कारण हालसम्म ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको र यो संख्या दिनानुदिन बढिरहेको छ । ७.८ रेक्टर स्केलको भूकम्पका कारण हजारौं भवन भत्किएका छन् भने लाखौं मानिस फसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४