Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेताली घट्ना, हत्या र आत्महत्या अनुसन्धान पछी मात्र थाहा हुन्छ :- रामेछाप प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ७ २०७९
  • 17.9K
    SHARES

काठमाडौं । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा. न. ४ को बेतालीमा आज ज्यादै दु:खद घटना भएको छ, घट्ना हत्या हो या आत्महत्या हो ।

अनुसन्धान पछी मात्र थाहा हुने जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ। हत्या र आत्महत्या के हो हामीले अहिले यसै भन्न सक्दैनौं अनुसन्धान हुदैछ । अनुसन्धान पछी मात्र केहो भन्न सकिन्छ ।

गोकुलगंगा गाउँपालिका वडा न. ४ को बेतालीमा आधा शरिर जलेको अबस्थमा ७१ वर्षिय एक जना बृद्धको लास फेला परेको छ । घरमा एक्लै बस्दै आएकी  ७१ बर्षिय बृद्ध महिलाको लास आधा शरिर जलेको अवस्थामा आज बिहान फेला परेको थियो ।

गोकुलगंगा गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतले भने विवाहित भएपनि परिवारका अरु सदस्य विना अर्काको घरमा एक्लै बस्दै आएकी ७१ बर्षिय पद्म कुमारी खड्कालाई आफुहरुले शनिबार साँझ सम्म सामान्य अबस्थामा देखेको बताएका छन् ।

तर विहान अबेर सम्म ढोका नखुलेपछि आमाको बारेमा सोधखोज गरि घर भित्र गएर हेदा चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेर गुन्द्रिले लास छोपेर राखेको अबस्थामा देखेपछि प्रहरीमा खबर गरेको आफुले जानकारी पाएको वडा अध्यक्ष बस्नेतले बताएका छन् ।

हत्या हो कि आत्महत्या हो हामी भन्न सक्दैनौ प्रहरीले अनुसन्धन गर्दैछ हामी पनी बुझ्दैछौ ।

घटनाको सूचना पाउना साथ रामेछाप जिल्लाका प्रहरी प्रमुखको नेतृत्वमा प्रहरीको टोली बेताली पुगेको थियो । उक्त टोलीले स्थानिय बासीहरुसंग सोधपुछ गरि लास प्रकृति मुचुल्का गराई मृतक बृद्धको लास आईतबार बेलुकी पोष्टमार्टमको लागि मन्थली पठाउने तयारी भईरहेको छ ।

घटना घटे संगै घटनाको वास्तविकता बुझ्न आबश्यक अनुसन्धान प्रकृया शुरु गरि सकिएको घटना स्थलमा पुग्नु भएका सूचना अधिकारी प्रहरी  निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४