Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सावित्रा चम्कँदा भारतसँग नेपालको बराबरी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ३ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । सावित्रा भण्डारीले दुई गोल गर्दा नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पुनरागमन गर्दै बराबरी खेलेको छ ।

बुधबार भएको खेलमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो । चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा २–० गोलले पछि परेको समयमा नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गर्दै बराबरीमा रोकेकी हुन् ।

भारतका लागि सोउमाया गुगुलोथ र इन्दुमती काथिरेसानले एक–एक गोल गरिन् । नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गरिन् । खेलको ५६औं मिनेटमा मनिसाको पासमा गुगुलोथले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ६८औं मिनेटमा कप्तान इन्दुमतीले गोल गर्दै टिमलाई २–० अग्रतासँगै जित नजिक लिइन् । नेपलका लागि खेलको ९०औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी मार्फत गोल गरेपनि भारतले २–१ गोलको जित निकाल्यो ।

खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–२ गोलको बराबरीमा रोकेको हो । नेपालले साफ च्याम्पियनसिप फुटबल पछि पहिलो पटक भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफमा नेपालले दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा भारतलाई १–० गोल अन्तरले हराएको थियो ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४