Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सुरक्षा भत्ता बुझ्न हिडेकी वृद्धाको बाटैमा मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 4K
    SHARES

काठमाडौं । सामाजिक सुरक्षा भत्ता बुझ्न हिडेकी बझाङको छविसपाथिभेरा गाउँपालिका–१ कि ७२ वर्षीया सिता गिरी बाटैमा मृत्यु भएको छ ।

सामाजिक सुरक्षा भत्ता बुझ्न छविसपाथिभेरा गाउँपालिकामा अवस्थित कुमारी बैंकमा पुगेकी गिरीको भत्ता बुझेर घर फर्किने समयमा बीच बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।

श्रीमानको निधन भएको लामो समय भएको थियो । उनका आफन्त पनि घर नभएको र गिरी केही समयदेखि बिरामी रहेको सेती क्याम्पस बगडगाउँका प्राध्यापक लक्ष्मण गिरीले बताए । उनले भने, ‘गिरी दमको बिरामी हुनुहुन्थ्यो । नजिकका आफन्तहरुले सामाजिक सुरक्षा भत्ता बुझ्ने ब्यवस्था भएको भए सायद उनको मृत्यु हुँदैन थियो । उनको बुहारी सन्तोला गिरी पनि उनको उपचार गर्ने भनेर केही दिन अघि मात्रै घरमा पुग्नु भएको थियो । तर, सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि भनेर झण्डै ५ किलोमिटरको दुरीमा रहेको कुमारी बैंक जानु भएको रहेछ । सामाजिक सुरक्षा भत्ता बुझेर फर्किने क्रममा उनको मृत्यु भएको हो ।’

यस्ता बृद्धबृद्धा, अपाङ्ग, बेसाहारा, हिडडुल गर्न पनी नसक्नेहरुका लागी घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था गरेको भए राम्रो हुने र यसरी अकालमा ज्यान जानबाट रोकिने तर्क उनको छ ।

भत्ताका लागि लामो समय बैंकमा लाइन बसेर ‘कहिलेकाहीँ इन्टरनेटले काम गरेन’ भनेर रित्तै फर्किनुपर्ने बाध्यता छ । अपांगता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिकले यी समस्याबाट अनावश्यक सास्ती खेप्नु परेको उनको भनाई छ ।

यस प्रति गाउँपालिकाले चाँसो दिएर घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सके बृद्धबृद्धा, अपांगता भएका ब्यक्ति, एकल महिला हिडडुल गर्न नसक्ने ब्यक्तिहरुले पनि स्थानीय सरकार आएको अनुभुती गर्न पाउने उनले बताए ।

यता, छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गगन बहादुर ऐडिले गिरीको मृत्यु भएको खबर आफुले सुनेको र के कति कारणले मृत्यु भएको हो ? भन्ने बारे जानकारी नभएको बताए । उनले यस विषयमा पालिकाले चाँसो दिने र सामाजिक सुरक्षा भत्ता कसरी अझै सहज तरीकाले उपलब्ध गर्न सकीन्छ भन्ने बारेमा छलफल गरी सहज तरीकाले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताए ।

वडा नम्बर १ का वडा अध्यक्ष तथा छबिसपाथिभेरा गाउँपालिका प्रवक्ता करनजंगबहादुर सिंहले गिरीको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किने समय गाउँपालिकानजिकै मृत्यु भएको सुनाए । उनले भने, ‘यसरी सामाजिक सुरक्षा भत्ता लिनका लागि हिडडुल गर्न नसक्ने अपांगता भएका ब्यक्ति तथा एकल महिला वृद्धवृद्धाहरुका लागि ईच्छाएको ब्यक्तिले नै सामाजिक सुरक्षा भत्ता बुझ्न सक्ने ब्यवस्था गाउँपालिकाले गरेको छ । तर, उनको सन्दर्भमा उनका आफन्त घरमा कोही पनि नभएका कारण उनको भत्ता बुझ्नका लागि ईच्छाएको ब्यक्तिको परिचय पत्र नबनेको स्वयम् जानु परेको र दुःखद घटना घटेको हो ।’

यस्ता समस्या छबिसपाथिभेरा गाउँपालिकामा मात्रै नभएर १२ वटै पालिकामा छन् । यहाँका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिलाका यस्तै गुनासा सुनाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४