Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानमा फिल्म ‘पठान’ गैरकानूनी रूपमा प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २३ २०७९
  • 1.7K
    SHARES

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्म ‘पठान’ पाकिस्तानमा गैरकानूनी रूपमा प्रदर्शन भइरहेको छ ।

भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्म पाकिस्तानको शहर कराँचीमा अवैध रूपमा प्रदर्शन भइरहेको हाे । सोही कुराको जानकारी पाकिस्तानी सेन्सर बोर्डले पाएपछि एक विज्ञप्ति जारी गरेको छ । सेन्सर बोर्डले कुनै पनि फिल्मलाई आधिकारिक रूपमा सार्वजनिक गर्न अनुमति नदिएसम्म कुनै पनि फिल्म निजी रूपमा सार्वजनिक गर्न नपाइने जनाएकाे छ ।

फिल्म ‘पठान’ लाई कराँचीका विभिन्न भागहरूमा अवैध रूपमा स्क्रिनिङ गरिँदै थियो। फिल्मको स्क्रिनिङ पनि डिफेन्स हाउसिङ अथोरिटीमा भएको थियो । स्क्रिनिङको टिकट सामाजिक सञ्जालमा मार्फत नै बिक्री भइरहेको थियो।

फायर वर्क इभेन्ट्स नामको कम्पनीले फिल्मको फेसबुक मार्फत ९ सय रुपैयाँमा टिकट बिक्री गरिरहेको थियो । टिकट बिक्रीका लागि सामाजिक सञ्जालमा विज्ञापन पनि दिएकाे थियो । सेन्सर बोर्डले उक्त फिल्मको टिकटकाे विज्ञापन दिने सामाजिक सञ्जालका अकाउन्टहरुको पनि छानविन सुरु गरेको छ ।

गैरकानूनी रूपमा चलचित्र प्रदर्शन गर्नेलाई ३ वर्ष कैद र १ लाख रूपैयाँ जरिवानाको समेत व्यवस्था रहेको सेन्सर बोर्डले जनाएको छ । ‘पठान’ ले अहिले भारतीय बक्स अफिसमा कीर्तिमानी कमाई गरिरहेको छ । फिल्मले भारत बाहेक विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४