Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

को हुन् राष्ट्रियसभाको उपाध्यक्ष बन्ने लागेकी उर्मिला अर्याल ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २३ २०७९
  • 2.6K
    SHARES

काठमाडाैँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध हुने भएकी छन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र उम्मेदवारी दर्ता भएको छ । कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो ।

अर्याललाई सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलहरूको समर्थन छ । उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ । प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ ।

उर्मिला अर्यालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा छन् । हाल ५८ सदस्यीय राष्ट्रिय सभामा प्रस्तावक र समर्थक दलको स्पष्ट बहुमत छ । नेकपा एमालेका तर्फबाट निर्वाचित खिमलाल भट्टराईको स्थानमा निर्वाचन प्रक्रिया अघि बढिसकेको छ। माघ २५ गते उक्त स्थानमा निर्वाचन हुँदैछ ।

नेकपा माओवादी केन्द्रका १५ र नेकपा एमालेका १५ सदस्य छन् । यस्तै सभामा नेपाली कांग्रेसका १०,नेकपा एकीकृत समाजवादीका आठ, जनता समाजवादीका तीन, लोकतान्त्रिक समाजवादीका एक, स्वतन्त्र सदस्य एक, राष्ट्रिय जनमोर्चाका एक र मनोनीत तीन सदस्य छन् ।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि लामो समयदेखि उपाध्यक्षको स्थान रिक्त थियो । २०७८ फागुन २० गतेदेखि उपाध्यक्ष पद रिक्त छ । राजनीतिक दलबीचमा समझदारी नबन्दा निर्वाचन प्रक्रिया अघि बढेको थिएन ।

को हुन् उर्मिला अर्याल ?
नाम : उर्मिला अर्याल
जन्म मिति : २०१३ असोज २०
जन्म स्थान : जगरनाथपुर गाउँपालिका-५ मसिहानी, पर्सा
हालको ठेगाना : विरगञ्ज महानगरपालिका- २३, गण्डक चोक विरगञ्ज, पर्सा
काठमाडौँमा बसोबास : बुढानीलकण्ठ नपा-४, रुद्रेश्वर, काठमाडौँ
माता : जगतमाया अर्याल (दिवंगत)
पिता : बलराम अर्याल (दिवंगत)
पति : डा. यमबहादुर थापा
छोरी १, छोरा १

शिक्षा
१. विद्यावारिधि (विद्यार्थी)- राजनीतिक समाजशास्त्र, रिम्टस् विश्वविद्यालय पन्जाब, भारत
२. एम.ए. समाजशास्त्र, जुलाई २०१३, इन्दिरा गान्धी विश्वविद्यालय, भारत
३. Continuing Education Course University of Massachusetts,
Amherst, Massachusetts USA 01003-3260 July 1994
इमेल : urmila.aryal@hotmail.com

राजनीतिमा प्रवेश
वि.सं. २०२६ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश ।
वि.सं. २०३५ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता प्राप्त ।

राजनीतिक जिम्मेवारी :
२०३५ साल चैत्रमा तत्कालीन ने.क.पा. चौम जिल्ला कमिटी सदस्य ।
२०३६ सालमा तत्कालीन चौम अन्तर्गत अ.ने.म. संघको केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य ।
२०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियू उपसभापतिमा निर्वाचित ।
२०३८ सालमा तत्कालीन चौम अन्तर्गत अयोध्यामा भएको अ.ने.म. संघको पहिलो राष्ट्रिय सम्मेलनबाट पहिलो केन्द्रीय अध्यक्ष पदमा निर्वाचित ।
२०३८ सालमा अखिल भारत नेपाली एकता समाजको राष्ट्रिय सम्मेलनको अध्यक्षता ।
२०३८ सालमा शान्ति क्षेत्र प्रस्तावको औचित्यबारे अखिल भारत नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा अध्यक्षता ।
२०४६ सालमा नेकपा एमालेमा प्रवेश ।
२०५० सालमा नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित । सोही वर्ष राजविराजमा सम्पन्न अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित ।
२०४८ र २०५१ मा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्याशी भई उपविजेता ।
२०५१ सालमा नेपाल कोल लिमिटेडको अध्यक्षको जिम्मेवारी वहन ।
२०५६ सालमा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित ।
२०५९ माघको सातौँ महाधिवेशनबाट नेकपा (एमाले)को वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित ।
२०५८ देखि २०६३ सालसम्म Rural and indigenous women taskforce of asia pacific forum on women law and development को स्टेरिङ कमिटी सदस्य
२०६३ चैत्र १० देखि २०६४ ज्येष्ठ १० गतेसम्म नेपाल सरकारको महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री ।
२०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट नेकपा (एमाले)को केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यमा निर्वाचित ।
सन् २००९ नोभेम्बरमा Workers’ Party of Bangladesh को आठौँ महाधिवेशनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरी नेकपा एमालेको तर्फबाट शुभकामना सन्देश सम्प्रेषण गरेको ।
२०६४ सालदेखि महिला लोकतान्त्रिक सञ्जालको केन्द्रीय अध्यक्ष ।
२०६७ चैत्रदेखि २०६८ भाद्र ११ गतेसम्म नेपाल सरकारको स्थानीय विकास मन्त्री ।

विभिन्न समयमा नेकपा (एमाले) पार्टी स्कुल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरेको ।
२०७० ज्येष्ठ ४ गते एकीकृत नेकपा (माओवादी)मा प्रवेश । हाल पार्टीमा स्थायी कमिटी सदस्य ।
२०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित ।

पार्टी तथा सरकारको प्रतिनिधि भई गरेका विदेश भ्रमण : चीन, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीटजरल्याण्ड आदि ।

प्रकाशन
महिला सशक्तीकरण तथा समावेशीकरण एवं कार्ययोजना
कम्युनिष्ट आन्दोलनमा महिलाहरूको भूमिका (सहाना प्रधानसँग संयुक्त लेखन)
आर्थिक विकासका विषयमा अनुसन्धानमूलक लेखहरू विभिन्न जर्नलमा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४