Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । कांग्रेसकातर्फबाट चितवन २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले रवि लामिछानेको पद गएसँगै आफूलाई विजेता घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

आइतबार श्रेष्ठले आयोग पुगेर यस्तो निवेदन दिएका हुन् । 

श्रेष्ठको निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्न नै अयोग्य भएको सर्वोच्चको आदेश भएकाले उनलाई निर्वाचन प्रयोजनका लागि उम्मेदवार, सांसद, मन्त्री वा उपप्रधानमन्त्री मान्न वा ठान्न नसकिने उल्लेख गरिएको छ । 

त्यस्तो व्यक्तिले निर्वाचनमा प्राप्त गरेको मत पनि मान्न नसकिने भएकाले निर्वाचन जितेको ठान्न नसकिने उल्लेख गरिएको छ । यस्तो अवस्थामा रवि लामिछाने बाहेकका उम्मेदवारका बीचमा मात्रै प्रतिस्पर्धा भएको कानुनी अवस्थालाई इन्कार गर्न नसकिने पत्रमा उल्लेख छ । 

पाँच पन्ने निवेदनमा भनिएको छ, ‘तसर्थ, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४ अनुसार सबैभन्दा बढी मत प्राप्त गरेको म निवेदक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रष्टै छ । तसर्थ उक्त दफा ४ बमोजिम चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट म निवेदक निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र समेत पाउन भनी श्रीमानसमक्ष सादर निवेदन गर्दछु ।

के छ श्रेष्ठको निवेदनमा ?

12345

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४