Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई कारागारले गरे टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइलमा सबैभन्दा धेरै खर्च


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 1.9K
    SHARES

काठमाडौं। नेपाल टेलिकमले वर्षभरिमा आफ्ना सेवाहरुमा सर्वाधिक खर्च गर्ने ग्राहकहरुलाई सम्‍मान गरेको छ।

टेलिकमको १९ औ वार्षिकोत्सवमा नख्खु कारागार सर्वाधिक पोस्टपेड फोन प्रयोगकर्ताको रुपमा सम्म‍ानित भएको छ । यस्तै टेलिकमले सबैभन्दा धेरै प्रिपेड फोन प्रयोगकर्ताको रुपमा कारागार व्‍यवस्था विभाग डिल्लीबजारलाई सम्मान गरेको छ ।

यस्तै नेपाल टेलिकमको ल्याण्डलाइन फोन सबैभन्दा धेरै प्रयोग गर्ने ग्बोलब आइएमई बैंकलाईसमेत सम्‍मान गरेको छ ।

यस्तै एफटीटीएचतर्फ सिटिजन्स इन्स्योरेन्स, सीपी पीबीएक्सतर्फ वर्ल्ड लिंक कम्‍युनिकेशन सबैभन्दा धेरै प्रयोग गर्ने ग्राहक भएको टेलिकमले जनाएको छ। उनीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्म‍ान तथा कदरपत्र प्रदान गरेको छ ।

यस्तै टेलिकमको सीयूजी सेवा सरकारीतर्फ नेपाल प्रहरी नक्साल,काठमाडौं र सीयूजी निजीतर्फ सुमो कन्स्ट्रक्शन इन्जिनिरिङ प्रालि सबैभन्दा धेरै सेवा प्रयोग गर्ने ग्राहक बनेको छ।

यस्तै लिजलाइन सेवा सरकारीतर्फ राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटीसी) तथा निजितर्फ सानिमा विकास बैंकलाई टेलिकमले सम्मान गरेको छ ।

यस्तै भ्यालु एडेड सर्भिसेजतर्फ जेनेक्स प्रालि र नन सब्सक्रिप्शनतर्फ एफ वान सफ्ट इन्टरनेशनल प्रालि सम्मानि भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४