Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नारायणका व्रतालु हनुमान घाटमा (तस्वीरसहित)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । माधव नारायणका व्रतालुहरू आज भक्तपुरको हनुमान घाट पुगेका छन् । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) चल्ने व्रतका क्रममा उनीहरू आज हनुमान घाट पुगेका हुन् । व्रतालुहरू बिहानै हनुमान घाट पुगेर स्नानका साथै माधव नारायणको पूजा आराधना गरेका हुन् ।

माधव नारायण भगवान विष्णुको अर्को नाम भनिन्छ । विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ । माघ महिनामा माधव नाम हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ । यसमा खासगरी पुरुषहरु पनि व्रत बस्ने र पूजा गर्ने गर्दछन् ।

भक्तपुरको हनुमानघाट र साँखुको शालीनदीस्थित माधव नारायणको मन्दिरमा कठोर पूजामा विशेषतः केटा मानिसहरु व्रत बस्ने र पल्टिमार्दै धार्मिक यात्रा पूरा गर्नुपर्ने क्रियाकलाप हुने गर्दछ । स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट भक्तपुरको चाँगुनारायण मन्दिरसम्म आउँछन् ।

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गर्छन् ।माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुनारायणबाट साँखु र्फकने परदेश यात्राको नियम छ ।

माघ महीनामा शाली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ भक्तजनहरु पुग्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४