काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टीको केन्द्रीय कार्यालयम बैठक सुरु भएको हो ।
केन्द्रीय समिति बैठकले सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
बैठकमा सरकारमा रहने वा नरहने भन्ने एजेन्डामा छलफल हुने पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताएका छन् ।