Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वर्तमान सरकार संकटमा पर्दैन : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १९ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताउनुभएको छ ।

राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला अध्यक्ष ओलीले यही कारण सरकार संकटमा नपर्ने बताउनुभएको हो ।

विराटनगर विमानस्थलमा उहाँले मुलुकको शासन प्रणालीमै अस्थिरता रहेकाले प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको जिकिर गर्नुभयो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसतिर ढल्किएको हो ? भनेर राखिएको जिज्ञासामा ओलीले नेकपा माओवादी केन्द्रका केही नेताहरुले त्यसरी बोले पनि आफूलाई त्यस्तो नलागेको बताउनुभएको थियो ।

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने भन्दै उहाँले सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएकाले पालना हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय दिन अदालतको पूर्ण पाठ कुरिरहनु नपर्ने तर्क गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४