Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १९ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । राष्ट्रिय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”लाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बस्ने बैठकमा पूर्वसहमतिअनुसार गृह मन्त्रालय नपाएको अवस्थामा सरकारमै बस्ने वा बाहिरिने भन्ने विषयमा छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछानेले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज आफ्नो मौनताको अन्तिम दिन भएको बताएका छन् त्यस लगत्तै बैठक बस्न लागेको हो ।

उहाँले आफूलाई भन्न बाँकी गर्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न भन्नुभएको छ । उहाँले आफू अभिमन्यु नभएको बताउँदै ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो’ भन्नुभयो ।

यसअघि पार्टी सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक घण्टा वार्ता गर्नुभएको थियो । भेटवार्ताका क्रममा उहाँले उप्रधानसहित गृहमन्त्री दोहोर्‍याएर आफैँलाई नियुक्त गर्न आग्रह गर्नुभएको बताइएको छ ।

सत्ता गठबन्धनलाई निरन्तरता दिएपछि अहिले आउने टिप्पणीहरू विस्तारै सेलाउँदै जाने भन्दै उहाँले आँट गरेर निर्णय लिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बताइएको छ । प्रधानमन्त्री दाहालले भने नागरिकता विवादको पूर्ण फैसला नआउँदासम्म धैर्य गरेर बस्न आग्रह गर्नुभएको थियो ।

नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको भन्दै माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो । सांसद पद खारेजीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड”को मन्त्रिपरिषद्मा उपप्रधान एवम् गृहमन्त्री रहनु भएका रबि लामिछानेको सबै पद गुमेको थियो । तर माघ १५ गते नेपाली नागरिकता पुनःप्राप्ति गरेपछि रबि लामिछानेले आफूलाई गृहमै जिम्मेवारी दिन प्रधानमन्त्रीलाई बारम्बार आग्रह गरिरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४