Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १९ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

गृह मन्त्रालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले सत्ता साझेदार दलमा खटपट भइरहेको बेला राप्रपाले बैठक बोलाएको हो । यस विषयमा राप्रपा मौन देखिएको छ ।

नागरिकता सम्बन्धी विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाका सभापति रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री पद गुमेको छ ।

रविले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपाले गृहमन्त्रालय पाउनुपर्ने अडान लिंदै आएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपाको अडानलाई साथ दिएका छन् । तर प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय तत्काल राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपालाई नदिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४