Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सञ्जय दत्त ‘केजीएफ २’ पछि ‘थलापति ६७’ मा खलनायकको भूमिकामा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 1.5K
    SHARES

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तले दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ पछि ‘थालापथी ६७’ मा खलनायकको भूमिकामा काम गर्ने भएका छन् ।

सञ्जयले फिल्ममा नायक बनेर आफ्नो अभिनयले दर्शकको मन जितेका छन् । यससँगै उनले आफ्नो करियरका धेरै फिल्ममा नकारात्मक भूमिका पनि गरेका छन् । जसलाई दर्शकले मन पराएका छन् ।

सञ्जयले दक्षिण भारतीय फिल्म इन्डस्ट्रीको सुपरहिट फिल्म ‘केजीएफ २’ मा खलनायक अधेराको भूमिका निभाएका थिए । अब सञ्जयले अर्को दक्षिण भारतीय फिल्ममा खलनायकको भूमिका निर्वाह गर्ने भएका हुन् । सञ्जय दक्षिण भारतीय अभिनेता थालापथी विजयको फिल्म ‘थलापथी ६७’ मा खलनायकको भूमिकामा देखिने भएका छन् ।

निर्देशक लोकेश कगनराजले निर्देशन गर्ने उक्त फिल्मका निर्माता जगदीश रहेका छन् । जगदीशले नै सामाजिक सञ्जाल मार्फत सञ्जयले खलनायकको भूमिकामा काम गर्न लागेको बताएका हुन् । उनले फिल्ममा सञ्जयको लुक्सको पहिलो झलक सार्वजनिक गर्दै ‘सञ्जय दत्त सर तपाईंले हामीलाई पहिलो भेटमै निकै सहज महसुस गराउनुभएको छ । हामी तपाईंसँग सहकार्य गर्न पाउँदा खुसी छौं । प्रेम र सहयोगका लागि धन्यवाद’, लेखेका छन् ।

सञ्जय यसअघि सन् २०२२ मा यशको फिल्म ‘केजीएफ २’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र रणवीर कपुरको फिल्म ‘शमशेरा’मा देखिएका थिए । उनी यो वर्ष ‘थलापथी ६७’ का अलावा ‘द गुड महाराजा’ र ‘घुडचढी’मा देखिँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४