काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग भेट गरेका छन् । आइतबार साँझ रवि लामिछाने बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनले सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुमाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”ले गृह मन्त्रालयमा आफ्नो दाबी कायम रहेको बताएको छ ।