Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं महानगरद्वारा वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १४ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने भएको छ ।

यहि माघ १५ गते आइतबारदेखि पहिलो चरणमा महानगरपालिकाले ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण संकलन गर्ने भएको हाे । महानगरपालिकाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको छ ।

सुरुमा ९ वटा वडा कार्यालयबाट र पछि क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउन महानगरपालिकाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको जनाइएकाे छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि महानगरपालिकाले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो ।

यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरिने गरिएकाे थियाे । त्यसपछि प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४