Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सूचना नदिने सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 1.5K
    SHARES

काठमाडौँ । नागरिकले माग गरेको सूचना उपलब्ध नगराउने सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरिएको छ ।

राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

सिराहा नगरपालिका-७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग गरेका थिए । तर सूचना नपाएपछि २३ जेठ २०७९ मा कार्यालय प्रमुखविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए ।

त्यसयता सूचना उपलब्ध गराउन पटक-पटक राष्ट्रिय सूचना आयोगबाट भएको आदेशलाई बेवास्ता गरेको भन्दै प्रशासकीय अधिकृत यादवलाई कारबाही गरिएको आयोगका प्रवक्ता रत्नप्रसाद मैनालीले जानकारी दिएका छन् ।

‘कार्यालय प्रमुखलाई पटक-पटक सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को दफा (१) बमोजिम कारबाही हुने व्यहोराबाट सजग गराउँदा, चेतावनी दिंदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार देखिएका छन्,’आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ संविधानप्रदत्त र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गर्ने सिराहा नगरपालिकाको कार्यालय, सिरहाका कार्यालय प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, बलिराम यादवलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु १५,०००/- जरिवाना हुने आयोगको २०७९ साल माघ १२ गते बसेको इजलाशले आदेश गरेको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ मा हरेक सरकारी तथा सारर्वजनिक नियकाबाट सार्वजनिक महत्वको सूचना पाउने प्रत्येक नेपाली नागरिकको मौलिक हक रहेको उल्लेख छ । तर मधेश प्रदेशम प्रदेशका मुख्यमन्त्री कार्यालयलगायत कुनै पनि सार्वजनिक निकायमा नागरिकलाई सहज रुपमा सूचना उपलब्ध नगराउने प्रवृति छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४