Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेको नागरिकता मुद्दामा गैरआवासीय नेपालीको चासो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १२ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा गैरआवासीय नेपालीहरुको पनि चासो जोडिएको पाइएको छ ।

अमेरिकी ग्रिनकार्ड त्यागेका रबि लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको भन्दै मुद्दा गरेको छ । यो मुद्दामा संवैधानिक इजलासमा बुधबार अन्तिम सुनुवाइ सुरु भएको थियो, जसमा शुक्रबार नै फैसला आउने सम्भावना रहेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रवक्ता सोम सापकोटाका अनुसार यो मुद्दामा हुने फैसलाले गैरआवासीय नेपालीहरु पनि प्रभावित हुनसक्छन् । ‘हामीले नेपाली नागरिकताको निरन्तरताको मुद्दा उठाउँदै आएका छौं । त्यसैले यो मुद्दामा हाम्रो संस्थागत चासो छ’, उनले जन प्रहारसँग भनेका छन् ।

एनआरएनएले स्थापनाकालदेखि नै नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएको छ । अनौपचारिक तथ्यांकहरुका अनुसार अमेरिका, अष्ट्रेलिया र युरोपका देशहरुको नागरिकता (ग्रिन कार्ड) लिएका छन् । उनीहरुले नेपाली नागरिकता पनि साथमै राखेका छन् ।

नागरिकता ऐन २०६३ अनुसार आफुखुशी अर्को मुलुकको नागरिकता लिनासाथ नेपालको नागरिकता स्वतः खारेज हुनेछ । तर अर्को मुलुकको नागरिकता लिएको जानकारी न सरकारले खोजेको छ, न उनीहरुले नै दिएका छन् । बरु नेपाली नागरिकतालाई प्रयोग गरेर घर, जग्गालगायतका सम्पत्ति जोड्ने गरेका छन् ।

रवि लामिछाने स्वयंले पनि २०७० सालमा अमेरिकी नागरिकता पाएका थिए, तर नेपाली नागरिकता पनि साथमै राखे । अमेरिकी पासपोर्टमा नेपाल आएका उनले पुरानो नेपाली नागरिकता प्रयोग गरेर १३ जेठ २०७२ मा नेपाली पासपोर्ट बनाएका थिए ।

प्रश्न उठेपछि ४ जेठ २०७५ मा बल्ल उनले अमेरिकी नागरिकता र पासपोर्ट त्याग गर्न काठमाडौंस्थित अमेरिकी दूताबासमा निवेदन दिएका थिए । त्यसपछि पनि उनले नेपाली नागरिकता पुनःप्राप्तिका लागि औपचारिक प्रक्रिया सुरु गरेनन् । बरु पुरानै नागरिकताअनुसार आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरे, ४ मंसिरको निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

यही कारण उनको रास्वपा सभापति र सांसद पद खारेज हुनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो । बुधबारको बहसका क्रममा रवि लामिछानेको वकिलहरुले अमेरिकी नागरिकता परित्याग गर्नासाथ नेपालको नागरिकता स्वतः कायम हुने जिकिर गरेका छन् । साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र नियमावलीअनुुसार उम्मेदवारी दिएको कुनै व्यक्ति मात्र अदालत जानसक्ने उनीहरुको तर्क रहेको छ ।

गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले पनि अर्को देशको नागरिकता लिँदा नेपाली नागरिकता स्वतः खारेज भएको छ भने त्यो नागरिकता त्याग्नासाथ नेपाली नागरिकता स्वतः कायम हुनुपर्ने आफूहरुको पनि धारणा भएको बताउँछन् ।

नभए धेरै नेपाली प्रभावित हुने उनीहरुको तर्क छ । एक पदाधिकारी भन्छन्, संविधानमा गैरआवासीय नेपाली नागरिकता दिने भनिएपनि त्यसअनुसार ऐन संशोधन भएको छैन । त्यसैले यो मुद्दामा हुने फैसलासँग हाम्रो पनि चासो जोडिएको छ ।

एनआरएनएका पदाधिकारीहरुले ४ माघमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई समेत भेटेका थिए । उनीहरुले संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४