Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति र सभामुखबारे माओवादीको फरकमत कायमै “प्रचण्डलाई ओलीको सन्देश, कांग्रेस हामीसँगै रहन सक्दैन”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ३ २०७९
  • 1.9K
    SHARES

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग समेत सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएपछि झस्किएको एमालेले कांग्रेससँग सँगै हिँड्न नसकिने भनी स्पष्टसित भनेको छ । उसैगरी माओवादी पनि कांग्रेससँग दूरी बढाउन नहुनेमा प्रष्ट देखिन्छ ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार संघीय मन्त्रालयको भागवन्डा मिलेको छ । नेताहरूका अनुसार नेकपा एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री लिने समझदारी छ । हाल उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । तीन मन्त्रीले विभागीयमन्त्रीले जिम्मेवारी पाएका छैनन् । ८ मन्त्रालयपाउँदा एमालेकाथप चार जना मन्त्री थपिने छन् । यो सँगै दलहरूको ध्यान संवैधानिक पदहरूमा केन्द्रित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख र राष्ट्रपतिका विषयमा लिखित सहमति केही नभएको बताएपछि एमाले नेताहरू झस्किएका छन् । यस कारण पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच एक्ला एक्लै लामो छलफल चलिरहेको छ । तर निकास निस्किसकेको छैन ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले पाँचै वर्ष राष्ट्रपति लिने र प्रधानमन्त्री र सभामुखमा आलोपालो एमाले र माओवादीले नेतृत्व गर्ने सहमति भएको नेताहरू बताउँछन् । तर प्रचण्डले लिखित सहमति नभएको र सर्वदलीय बैठकमा यस विषयमा छलफल हुने बताएका छन् ।

संसद् सचिवालयले मंगलबार सभामुखको निर्वाचनको तालिका सार्वजनिक गर्दैछ । बिहीबार सभामुखको निर्वाचन हुँदैछ । गत शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डले एमालेसँग राष्ट्रपति र सभामुख चयनबारे कुनै लिखित सहमति नभएको मात्रै बताएनन्, यसबारे सर्वदलीय छलफलको तयारी रहेको जानकारी गराए । अस्ति ओली र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो । जब मलाई कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो’ सम्पादकहरूसँग प्रचण्डले भनेका थिए, ‘त्यसैले मैले कांग्रेस लगायतका दललाई धन्यवाद पनि भन्नुपर्नेछ र राष्ट्रपति, सभामुख लगायतका विषयमा के गर्ने भनेर छलफल गर्नुपर्नेछ ।’ प्रचण्डले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

१० पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने क्रममा नै एमालेले राष्ट्रपति र सभामुख आफूले पाउने सुनिश्चित गराएको थियो । त्यसै दिनको सहमति अनुसार, सातै प्रदेशको सरकार निर्माण प्रक्रिया अगाडि बढेको छ । तर कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रचण्डको अभिव्यक्ति बदलिएको छ, निर्णय प्रक्रिया अवरुद्ध छ । माओवादी महासचिव गुरुङ कांग्रेसले संवैधानिक पदहरूमा चाहना राख्नु स्वाभाविक देख्छन् । उनी भन्छन्, ‘विश्वासको मत दिएका अधिकांश दल सरकारमा सहभागी हुन्छन् । सरकारमा आउन्न भनेको कांग्रेसले संवैधानिक पदहरूमा चाहना राख्नु अन्यथा होइन ।

’यस मामिलामा एमालेले प्रष्टरुपमा आफ्नो बटमलाइन राखेको नेताहरू बताउँछन् । एक नेता भन्छन्, ‘प्रचण्डले कांग्रेसलाई पनि साथमा लिनुपर्ने भयो भन्ने आशयको कुरा गरिसकेपछि स्वाभाविक रुपले केही प्रश्नहरू खडा भएको छ । अर्थात्, प्रधानमन्त्री प्रचण्डले कांगेससँग समेत सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएपछि झस्किएको एमालेले कांग्रेससँग सँगै हिँड्न नसकिने भनी स्पष्टसित भनेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘कांग्रेस र एमाले ठुला शक्ति हुन् । अहिले कांग्रेस प्रतिपक्षीहरूमध्येको शक्ति हो । यस कारण पनि कांग्रेस र एमाले एकै ठाउँ हुन सम्भव हुँदैन भन्ने प्रधानमन्त्रीले बुझ्नु पर्दछ ।

यस विषयमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समेत छलफल भएको छ । नेताहरुकाअनुसार छलफलमा प्रचण्डलाई ओलीले कांग्रेस र एमाले सँगै हिँड्न नसक्ने सन्देश दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४