Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीको सभामुखमा माओवादीका घर्तीको मात्र उम्मेदवारी, उपसभामुखमा ३ जना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेको छ ।  उपसभामुखमा भने नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेबी चौधरीको मनोनयन दर्ता भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन्।

यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।

दलका नेता चौधरीले केन्द्रमा राष्ट्रपति, सभामुख र उपसभामुखमा कुनै सहमति नभएकले प्रदेशमा उम्मेदवारी दिएको बताए । उनले सत्ता गठबंधनबाट नागरिक उन्मुक्ति नबाहिरिएको तर दुई वटा मन्त्रालय दिने सहमति पालनामा एमाले र माओवादी इमानदार नदेखिएको गुनासो गरे । सभामुख र उपसभामुख चयनका लागि भोलि दिउँसो निर्वाचन हुँदैछ ।

हेर्नुहोस् प्रदेशसभा सचिवालयले सार्वजनिक रगेको निर्वाचन कार्यक्रम

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४