Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशसभाको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३० २०७९
  • 1.7K
    SHARES

काठमाडौँ । गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् ।

शनिबार प्रदेशसभामा भएको निर्वाचनमा धितालले ३२ मत पाए । ६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी भएका थिए ।

धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङेले पनि मत दिए । एमालेबाटै निर्वाचित भएका ज्येष्ठ सदस्य मित्रलाल बस्याल भने मत विभाजनमा सहभागी भएनन् ।

सभामुखमा नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिएकी थिइन् । तर उनी पराजित भइन् ।

सत्तारुढ गठबन्धनबीच गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रले पाउने सहमति थियो । गठबन्धनमा रहेका दलहरुको सहमति अनुसार मुख्यमन्त्री भने नेकपा एमालेका नेता खगराज अधिकारी चयन भइसकेका छन् र उनले विश्वासको मत पाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४