Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा(४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो । कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित रहेका थिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सवलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताए । उनले गत निर्वाचनमा आम मतदाताले कुनै पनि राजनीतिक दललाई बहुमत नदिएको अवस्थामा मिलेर अघि बढ्न राजनीतिक दललाई आग्रह गर्दै विश्वासको मत मागेका थिए ।

मुख्यमन्त्री कार्कीले संविधानको कार्यान्वयन र जनताको जनादेशलाई सम्मान गर्न सबै राजनीतिक दललाई आग्रह गरे । उनले भने, ‘मिलेर देश बनाऔँ ।’ उनले प्रदेश संरचनालाई स्थायी बनाउन दायित्व थपिएको भन्दै सङ्घीयताको विषयमा भइरहेको नकारात्मक टिप्पणीलाई सकारात्मक बनाउन हरसम्भव प्रयास गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले विकेन्द्रिकरणको उच्चरुप सङ्घीयता भएको बताए । उनले यसबारे भएका नकारात्मक टिप्पणीहरुको सबैले मिलेर जवाफ दिन आग्रह गरे । उनले सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्क्त गर्दै प्रदेश सरकार शान्ति सुरक्षा, प्रदेशको कोष वृद्धि, प्रदेश संरचनाको स्थायित्वमा विशेष ध्यान दिने बताए । उनले भने, ‘विगतमा समृद्धिको यात्रामा भएका सबै कामको निरन्तरता दिने र प्रदेशको नाम सकेसम्म सहमति र सहकार्यबाट नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउँछु ।’

सत्ता साझेदार राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नयाँ सरकारको प्रशस्त संभावन, अवसर र चुनौती रहेकाले सुझबुझका साथ काम गर्न आग्रह गरे । उनले आफ्नो दलको तर्फबाट सरकारलाई पूर्णसमर्थन रहेको जनाउँदै सरकारलाई मितव्ययी हुन र भ्रष्टाचारमा शून्य सहनशीलता हुन आग्रह गरे ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजनीतिमा कोही कसैको शत्रु र मित्र नरहने भन्दै आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने बताए । उनले कांग्रेस प्रतिपक्षमा रहेपनि लोकतन्त्रको मूल्य र मान्यतमा रही संविधानको मर्मअनुसार भूमिका निर्वाह गर्ने धारणा राखे ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने भन्दै सरकारको स्थायित्वको कामना गरे । उनले सरकारको नीति तथा कार्यक्रम आइनसकेकाले समर्थन गर्न नसक्ने भन्दै प्रतिपक्षमा रहेर पनि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । प्रदेशसभको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४