Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३ महिना ९ दिन थुनामा बसेर रिहा भए क्रिकेटर सन्दीप लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार रिहा भएका छन् ।

उनी २० लाख रुपैयाँ धरौटीमा राखेर रिहा भएका हुन् । शुक्रबार बिहान अदालत खुलेसँगै उनको रिहाइका लागि धरौटी जम्मा गर्ने प्रक्रिया अगाडि बढाइएको थियो ।धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै लामिछाने थुनामुक्त हुने भएका हुन् । बिहिबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै लामिछाने शुक्रबार रिहा हुने भएका हुन् ।

बिहिबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि पनि लामिछानेले देशबाहिर जान भने प्रदेश सरकारको अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख गरिएको छ ।

लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । उनी ३ महिना ९ दिन थुनामा बसेर रिहा भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४