Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिका र जापानबीच सुरक्षा सहयोग सुदृढ बनाउन भएकाे सहमतिप्रति चीन रूष्ट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । अमेरिका र जापानले सुरक्षा सहयोग सुदृढ बनाउन सहमति गरेका छन् । तर अमेरिका र जापानबीच भएकाे सहमतिले सुरक्षा खतरा बढाउने भन्दै चीनले चिन्ता व्यक्त गरेको हाे । अमेरिकाले र जापानले गरेको उक्त सहमति इन्डो प्यासिफिक र त्यसभन्दा बाहिरको ठूलो साझा रणनीति भएकाले चुनौती बढाएको चीनले दावी गरेकाे छ ।

अमेरिकी र जापानका विदेशमन्त्री र रक्षा मन्त्रीहरुको संयुक्त बैठकपछि जारी गरेको विज्ञप्तिमा चीनले अन्तर्राष्ट्रिय सुरक्षामा चुनौती थपेकाले त्यसको सामना गर्न गठबन्धन स्थापित गरेको उल्लेख गरिएकाे छ ।

चीनले विदेश नीति मार्फत आफ्नो फाइदाका लागि राजनीतिक, आर्थिक, सैन्य र प्राविधि शक्तिको प्रयोग गर्न खोजेकाले नयाँ गठबन्धन आवश्यक रहेको ती मुलुकहरुको ठहर छ । ताइवानमा चीनको हस्तक्षेप वा दक्षिण तथा पूर्वी चीन समुद्रमा अन्य शत्रुतापूर्ण गतिविधि भएमा आवश्यक जनशक्ति तैनाथ गर्न पनि ती मुलुकका अधिकारीहरु सहमति भएको जनाइएको छ ।

सोही सम्झौताले लामो समयदेखि चलिरहेको अमेरिका जापान सुरक्षा सन्धि थप मजबुद भएको छ । यस सम्झौतामा नासाले जापानसँग हस्ताक्षर गरेर औपचारिकता दिने तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४