Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको शंखरापुरमा प्रहरीले बल प्रयोग गर्दा वडा सदस्यको हाँत भाँचियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २८ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । काठमाडौंको शंखरापुरमा सब स्टेसन निर्माणका विषयमा प्रहरीसँग विवाद हुँदा वडा सदस्य घाईते भएका छन् ।

काठमाडौंको शंखरापुर नगरपालिका – ३ का वडा सदस्य विजय लामा घाईते भएका हुन् । प्रहरीसँगको झडपमा आज बिहीबार उनको हात भाँचिएको छ । प्रहरीले अरु तीन जनालाई पक्राउ समेत गरेको छ । सब स्टेशन निर्माणको विरोधमा १२ दिनदेखि शंखरापुर–३ आन्दोलित छ । गाउँलेले आफ्नो गाउँमा सब स्टेशन निर्माण गर्न नहुने माग राखेका छन् ।

आज बिहीबार प्रहरीको सहयोगमा नेपाल विद्युतय प्राधिकरणले सब स्टेशन निर्माण सुरु गरेको छ ।

आफूहरुको अनुमति बेगर सब स्टेशन निर्माणका लागि प्रहरी परिचालन गरिएको भन्दै स्थानीयबासिन्दाले राष्ट्रिय मानव अधिकार आयोगमा यस अगाडि नै उजुरी पनि दिएका छन् । शंखरापुर नगरपालिका– ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासिन्दाले विरोध गरिरहेकाछन् । ०७४ देखि नै सुरु भएको यो आयोजनाको स्थानीयबासीले सुरुवातदेखि नै विरोध गर्दै आईरहेकाछन् ।

४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको बोझनीमा विद्युत् प्रसारण आयोजनाले सब स्टेसन निर्माण गर्न लागिएको प्राधिकरण बताउँछ । यो सब स्टेसनले माथिल्लो तामाकोशीसँगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ ।

बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको यो सब–स्टेसनमा तीनतिरबाट ४ सय किलो भोल्ट (के.भी) क्षमताका ‘हाई भोल्टेज’ प्रसारण लाइन विस्तार हुनेछन् । आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । प्राधिकरण भने सब स्टेशन निर्माणका लागि आफूहरुले जग्गा लिइसक्दा पनि स्थानीयबासिन्दाले अनाहकमा विरोध गरेको बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४