Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुलालको सातौं कृति लोकार्पण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २२ २०७६
  • 5.3K
    SHARES

काठमाडौं । पत्रकार गोविन्द दुलालद्वारा लिखित जनस्वास्थ्य, गीत संगीत एवं सामाजिक क्षेत्रका मुर्धन्य व्यक्तित्व तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. दीर्घसिंह बमको योगदानमूलक जीवनीमा आधारित कृति ‘स्वास्थ्यका नक्षत्र’ सम्माननीय वरिष्ठ साहित्यका एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बुधबार मल्ल होटल, लैनचौरमा एक समारोहकाबीच लोकार्पण गर्नुभयो ।
चन्दले सफल व्यक्तित्वहरुको जीवनी बाहिर ल्याउँदा नयाँ पुस्ताका लागि प्रेरणा मिल्ने र सामाजिक काममा लाग्न प्रोत्साहन हुने बताउनुभयो भने कार्यक्रमका विशेष अतिथि सम्मानीय पूर्व प्रधानन्यायाधीश हरिप्रसाद शर्माले क्षयरोग नियन्त्रणमा डा. बमको योगदान अतुलनीय रहेको स्मरण गराउनु भयो ।
यस्तै कार्यक्रमका अर्का विशेष अतिथि उद्योग तथा बाणिज्य मन्त्री लेखराज भट्टले जनयुद्धकालमा पनि घाइतेहरुको उपचारमा विशेष योगदान पु¥याउनु भएको स्मरण गर्दै एक साहसिक एवं मिलनसार चिकित्सकको रुपमा डा. बमलाई सम्झनु भएको थियो ।
लोकार्पित कृति ‘स्वास्थ्यका नक्षत्र’को समिक्षा गर्दै पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोराले पुस्तकमा रहेका खण्डहरु विभिन्न व्यक्तित्वहरुको लेख, डा. बमको जीवनी खण्ड, डा. बमको विभिन्न पत्रपत्रिकामा प्रकाशित अन्तरवार्ता र तस्वीर खण्डको व्याख्या गर्नु भएको थियो ।
जनविचार पब्लिकेशन एण्ड रिसर्च तथा घोस्ट राइटिङ नेपालको संयुक्त आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार टंक पन्तले गर्नुभएको थियो भने घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल, तथा डा. बमले लेखक गोविन्द प्रसाद दुलालको अनुसन्धानात्मक एवं रचनात्मक कृतिका लागि धन्यवाद दिँदै उपस्थित मान्यजनप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी सो अवसरमा गीतकार दीर्घसिंह बमद्धारा रचित एवं संगीतकार मनराजा नकर्मिद्धारा संगीतबद्ध ‘दुनियाँ’ नामक गीत एल्बम पनि लोकार्पण गरिएको थियो । सम्मानीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने भनिएको उक्त कार्यक्रममा उपराष्ट्रपतिले लिखित शुभकामना सन्देश पठाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४