Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको यस्तो सन्देश


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १९ २०७६
  • 2.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शल्यक्रिया सफलता पूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सोमबार साँझ अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएको हुन् ।
प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सोमबार भर्ना भएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘मेरो सिंगो जीवन कुनैन कुनै किसिमको संर्घषमा वित्दैआएको छ । कहिले निरंकुशता विरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष, त कहिले देशमा स्थायित्व नचाहनेर हुन नदिनेहरुसँगको संघर्ष ।’
भिडियो सन्देशमा प्रधानमन्त्री ओलील १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गराएको बारे पनि स्मरण गरे । त्यतिबेलाभन्दा अहिले मिर्गौला प्रत्यारोपण गर्न सहज भएको र अहिले थप सहज हुने उनले अपेक्षा छ।
नेपालमै अनुभवि नेपाली चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा आफूलाई गर्व लागेको उनले सुनाए । विकास र समृद्धिका मुर्छित सपनालाई नेकपाले निर्वाचनमार्फत जागृत गराएको र तिनलाई बीचमै आफूले नछोड्ने बताए ।
उनले भने, ‘ भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वाको जग मजवुत तुल्याउन सकिन्छ । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न।’
संसारमा कोही पनि अजम्बरी नहुने र आफू पनि अजम्बरी हुनका लागि ती कुरा नबताइरहेको ओलीको भनाइ छ। उनले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन आग्रह गरका छन्।
आफू अस्पतालमा रहेका बेला सरकार, पार्टी र संसद संचालनका लागि आवश्यक व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताएका छन्। प्रधानमन्त्री ओलीले शीघ्र स्वास्थ्यलाभको कामना गर्ने स्वदेश र विदेशका सबै शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४