Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आहा रारा गोल्डकप : उपाधिका लागि संकटा र भुटनीज भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २३ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच खेल हुँदैछ ।

पोखरा रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

संकटाले सेमिफाइनलमा विभागिय क्लव एपीएफ क्लबलाई ४–१ ले हराउँदै फाइनल पुगेको हो । यस्तै, भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।

शनिबार दुवै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४