Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीमा जडान गरिएका सिसीटिभी क्यामेरा डेढ वर्षमै बिग्रिए


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 2.6K
    SHARES

काठमाडौँ । कैलालीको चिसापानीदेखि कन्चनपुरको गड्डाचौकीसम्म राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले राजमार्गमा हुने दुर्घटना तथा शान्ति सुरक्षा निगरानीका लागि भन्दै राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका हुन । शान्ति सुरक्षाका लागि राखिएका सिसीटिभी क्यामेरा प्रहरीलाई हस्तान्तरण गरेपनि मर्मतका लागि बजेट नहुँदा समस्या भएको प्रहरी भनाई छ ।

झण्डै डेढ वर्ष अगाडि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले १ सय ३८ स्थानमा सिसिटिभि क्यामेरा जडान गरेको थियो । क्यामेरा मन्त्रालयले २०७८ असोज ३ गते प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको थियो । १ करोड ७१ लाख ३१ हजार २ सय ५२ रुपैयाँमा जडान गरेका १ सय ३८ मध्ये अधिकांश बिग्रिएका छन् । सिसिटिभी क्यामेरा बिग्रिएका कारण चोरीका घटनामा पनि संलग्नलाई पक्राउ गर्न समस्या हुन थालेको प्रहरीको भनाई छ ।

कैलाली र कन्चनपुरका राजमार्गमा रहेको ब्यापारिक केन्द्रमा पछिल्लो सयम बिकृति, बिसंगती र अपराधका घटनाहरु बढि रहेका छन् । बजारमा सिसिटिभी देखावटी मात्रै भएको र मर्मतमा कसैले चासो नदिँदा अपराधिक गतिबिधि बढेको बजारबासीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४