काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे सरकार अवसर केन्द्रित गठबन्धन भएको बताउनु भएकाे छ ।
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे,’सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएका छन् ।
गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताउनु भयाे ।
प्रवक्ता महतले गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी गर्नुभयाे ।