Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोटेश्वर हाईटमा आएन मेलम्ची पानी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 1.7K
    SHARES

काठमाडाैं । कोटेश्वर हाईटमा मेलम्ची पानी पुर्‍याउन समस्या भएको छ । मेलम्चीको पानी नपाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी नआएको भन्दै स्थानीयले आज मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीयले निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत अझै महादेवस्थान हाइटका घरहरुमा पानी पुर्‍याउन नसकेको बताए ।

स्थानीय गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दा समेत कोटेश्वर हाइटमा पानी नचढेको भन्दै समस्या समाधानको लागि निर्देशनालयलाई ध्यानाकर्षणको गराएको बताउनु भयो ।

निर्देशनालय (पीआईडी) का परियोजना निर्देशक राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताउनु भयो ।

उहाँले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटका टाढाका घरमा पानी पुग्न नसक्ने बताउनु भयो । समस्या समाधानको लागि अध्ययन गरेर माग सम्बोधन गर्ने बताउनु भयो । ध्यानाकर्षनपछि स्थानीय र निर्देशानालयबीच चारबुँदे सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४