Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजस्व संकलनका लागि विशेष योजना बनाउन अर्थमन्त्री पौडेलको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 2K
    SHARES

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व विभाग र भन्सार विभाग अन्तर्गत कार्यालयका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।छलफलका क्रममा उहाँले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेकाले प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धता खोजिएको बताउनुभयो ।

आ-आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिनुभयो । लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।

स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक र यथार्थपरक बनाउन मन्त्री पौडेलले आग्रह गर्नुभयो ।

कार्यगत सूचकहरु प्राप्तिमा केन्द्रित हुन, करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन निर्देशन दिँदै मन्त्री पौडेलले सुशासन, सदाचारिता, नैतिकता, इमान्दारिता र व्यावसायिकतालाई मुलमन्त्र मानी कार्य गर्न आग्रह गर्नुभयो ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख लगायत उपस्थित थिए । कार्यक्रममा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिवद्धता जनाएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४