Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, दंग पोखरेली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १७ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो ।

प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्दा कार्यक्रम स्थलमा उल्लासको माहोल देखियो ।

कार्यक्रममा डाकिएका पाहुना मात्रै हैन, स्थानीयहरुको पनि ठूलो सहभागिता थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन क्षेत्रले थप लाभ लिने भन्दै स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन् । त्यसको छनक उद्घाटन समारोहमा ठूलो संख्यामा स्थानीयको उपस्थितिमा पनि प्रष्ट देखिन्थ्यो ।

पर्यटकीय सहरका रुपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य सहरसँग सिधा सम्पर्क कायम गर्न चार दशकअघिनै विमानस्थल बनाउने योजना अघि सारिएको थियो ।

साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका–१४ मा विसं २०३२ मा पहिलोपटक अन्तर्राष्ट्रिय विमानस्थलका लागि भन्दै तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

त्यसपछि विसं ०७१/७२ मा थप ५२१ मध्येमा ५१५ रोपनी जमिन तथा ३५ घर टहरा अधिग्रहण गरिएको थियो । पछिल्लो पटक ‘आउटर पेरिफेरि रोड’का लागि भनेर पुनः ५९ रोपनी जमिन तथा ३४ घरटहरा अधिग्रहण गरिएको थियो ।

लामो समयअघिको योजनाअनुरुप सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच व्यापारिक सम्झौता भएको थियो । त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण(क्यान)बीच सहुलियत ऋण सम्झौता भएको थियो ।

चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेब्रुअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चिता भएपछि विसं २०७४ मा मात्रै सीएएमसी इन्जिनियरिङले निर्माण थालेको थियो ।

सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनि कोरोना संक्रमणका कारण विमानस्थलको काम रोकिएकाले म्याद थपेर काम भएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेसन (आईकाओ) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गरिएको हो । यो विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सक्छ ।

नेपालका विमानस्थलहरुमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानका यात्रुले एरोब्रिज प्रयोग गर्न पाउने भएका छन् । यहाँ जहाज चढाउन र झार्न भर्‍याङ प्रयोग गर्नुपर्ने छैन ।

अब आन्तरिक उडान पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुन थालेको छ । जोमसोममा हुने उडान, अल्ट्रालाइट र हेलिकप्टर उडान मात्र पुरानो विमानस्थलबाट हुनेछ । नयाँ सुविधा सम्पन्न विमानस्थल प्रयोग गर्न पाइने भएपछि पोखरेलीहरु उत्साहित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४